निर्वाचन तयारीबारे आयोगले दलहरुलाई जानकारी गराउने ।

0
293

२७ असोज, काठमान्डौ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तथा हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउन लागेको छ । आज दिएँसो १ बजे कान्तिपथस्थित आयोगको मुख्यालयमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाईएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचनको मिति सार्न केहि दलहरुबीच चर्चा चलिरहँदा आयोगले निर्वाचन तयारी बारे दललाई जानकारी गराउन लागेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छापिरहेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्याक्षेत्र पठाईसकेको छ । उनीहरुले २९ गतेबाट कार्यालय स्थापना गरी काम सुरु गर्ने बताईएको छ ।