संघ र प्रदेशको निर्वाचन तोकीएकै मितिमा सम्पन्न गर्न नेपाल पत्रकार महासंघको आग्रह ।

0
307

२७ असोज काभ्रे । नेपाल पत्रकार महासंघले संक्रमणकालीन राजनीतिको अन्त्य गर्दै संविधान कार्यान्वयन गर्न संघ र प्रदेशको निर्वाचन तोकीएकै मितिमै सम्पन्न गर्न आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचन सम्पन्न गर्ने अवधीसम्म राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयनमा अग्रसर हुन आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिए । महासंघले केन्द्रीय आमसञ्चार प्रतिष्ठान चितवनमा र प्रदेश तीनको आमसञ्चार प्रशिक्षण केन्द्र काभ्रेमा बनाउने निर्णय समेत गरेको बताईएको छ । बैठकले आम पत्रकारको पेशागत हकहित र श्रम अधिकारको संरक्षण सम्बद्र्धनका लागि कानुनीलगायत सबै उपायहरुहरु अबलम्बन गर्न प्रतिवद्धता व्यक्त गर्दै व्यवसायिक, जिम्मेवार र उत्तरदायित्वपूर्ण पत्रकारिताका लागि अविचलित रहने निर्णय गरेको जनाईएको छ ।