Home अर्थ बजार सहकारी क्षेत्रमा भएका बिकृती छिट्टै समाधान हुन्छ : मन्त्री बस्नेत ।
असोज २९ काठमाण्डौं । सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका वस्नेतले सहकारीमा देखिएको वेथिति चाडै समाधान हुने वताउनु भएको छ । राजधानीको चन्द्रागिरि स्थित देव दर्शन वचत तथा ऋण सहकारी सस्थाको नवौं वाषिर्क साधारणसभा वोल्दै सहकारी मन्त्री वस्नेतले नयाँ सहकारी एेन आएपछि सबै बिकृती हट्ने बताउनु भएको हो । उहाले सहकारी एेन संसद वाट पास भएर लालमोहर लाग्न वाकी रहेको जानकारी दिनु भयो ।
मन्त्री वस्नेतले सहकारीको माध्यमवाट गरिबी हटाउन सकिने दावी गर्नु भयो । कार्यत्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख मेयर घनश्याम गिरीले स्थानीय स्तरमा सञ्चालित सहकारीहरूले गरिबी निवारणमा महत्वपुर्ण भुमिका खेल्ने वताउदै समृद्ध नगरपालिका वनाउन सहकारीहरूको साथ र सहयोगको अपेक्षा नगरपालिकाले गरेको धारणा राख्नु भयो ।संस्थाका अध्यक्ष राम नारायण घिमिरेले संस्थाको मूल्य र मान्यतामा सहकारी जहिले पनि अडिग रहँदै समुदायमा आधारित संस्था वनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बिभिन्न ख्याती प्राप्त ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार द्धोय नीर शाहा,हास्यकलाकार दिपक राज गिरी, प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी जय वहादुर चन्द , पुर्व राष्ट्रिय फुटबल खेलाडी रमेश वुढाथोकी,राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीन राज कंडेल रहेका छन् ।
देव दर्शन वचत तथा ऋण सहकारी सस्थाको वाषिर्कोत्सवको अवसरपारि उत्कृष्ट वचतकर्ता,उत्कृष्ट कर्मचारी र एसईईमा सर्बोकृष्ठ अकं ल्याउने साकुरा घिमिरे र संगुन केसीलाई नगद पांच हजार सहित समान गरिएको हो । संस्थाले गोला प्रथा दृारा आठ जनालाई थाईल्याण भ्रमणको समेत घोषणा गरेको छ । संस्थाको गत सेयर सदस्य संख्या १८ सय ६४ जना रहेका छन् । उक्त क्षेत्रमा अग्रणी स्थानमा रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको पछिल्लो अर्थिक वर्ष ०७३ ÷७४ को शेयर पुँजी २ अर्ब ४९ करोड ६८ लाख २ सय रहेको जनाएको छ ।
त्यस्तै, ४५ करोड ६६ लाख ८५ हजार ९सय ४१ रुपैंयाँ बचत, ४० करोड ३० लाख १६ हजार २ सय ७१ रुपैंयाँ ऋण र ५१ करोड ३० लाख ७३ हजार ८ सय १३ रुपैंयाँ कुल सम्पत्ति रहेको छ । सहकारीले आवधीक निक्षेप , कर्जातथा सापट योजना, निक्षेप , अवधि बचत लगायत विभिन्न खाताका किसीमहरु सहित विभिन्न सुविधाहरु उपलब्ध गराएको छ ।
Post Views: 3,801