नेपाल र हङकङबीचको दोस्रो खेल स्थगित ।

0
256

२९ असोज काठमान्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ । हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगन भएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख छ ।  स्थगित खेल सोमबार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।