कांग्रेसका उमेद्वारहरुलाइ जिताउनका लागी सबै एक भएर लागौं ।

0
1041

२९ असोज काठमान्डौं । नेपाली कांग्रेस प्युठान काठमान्ठौं सम्पर्क समितिले आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाइ जिताउनका लागी सबै एक भएर लाग्ने निणय गरेको छ । शनिवार समिति सभापति नवराज शर्मा पंडितको  अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमितिले विवादरहित ढङ्गबाट एकमात्र उमेद्वार डा. गोविन्दराज पोख्रेललाई प्रतिनिधिसभाकालागी उमेद्वार सिफारीसगरेकोमा जिल्ला कार्य समितिलाई धन्यवाद ज्ञापन गरेको छ । साथै बैठले चुनाव प्रचारप्रसारका लागी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले संचार सम्योजकमा प्रकाश शर्मालाई नियुत्त गरेको छ । समितिको अर्को बैठक कात्तिक ९ गते बस्ने जनाइएको छ ।