फोरमका अध्यक्ष गच्छादारलाई महामन्त्री पद दिएर कांग्रेसमा भित्र्याउदै ।

0
373

२९ असोज , काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय हुने भएको छ । आज साझ साढे ५ बजे काठमाडौंमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गर्न दुवै पक्ष सहमत भएको जनाईएको छ । गच्छदारले २०२६ सालमा ट कांग्रेसबाट राजनीति सुरु गरेका थीए भने २०६३ सालमा त्यागेका थीए । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छादारलाई महामन्त्री पद दिएर कांग्रेसमा भित्र्याउन लागेका हुन् । केहीबेरमा नै प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रम गरी औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने भएको छ ।