प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको औपचारीक प्रकृया सुरु,समानुपातिक सुचि संशोधन गर्ने अन्तीम समय कार्तिक ६ गतेका लागि तोकियो ।

0
370

असोज ३० काठमाण्डौं । नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेका प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विधिवत् प्रक्रिया आइतवारदेखि प्रारम्भ भएको छ।
दुई चरणमा आगामी मंसिर १० र २१ गतेका लागि तय ती चुनावको कार्यतालिका अन्तर्गत पहिलो महत्वपूर्ण कार्यसूचीका रुपमा दलहरुले आइतवार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
समानुपातिकका लागि आयोगले ८८ वटा दललाई चुनाव चिन्ह दिएको थियो।

कतिपय दलले विभिन्न क्षेत्र समुदायको प्रतिशत बाँडफाँट मिलाउन प्राविधिक रुपमा समस्या परेको बताएका छन् भने केहीले जिल्लाबाट धेरै जनाको नाम सिफारिस भइआएकाले व्यवस्थापनमा समस्या परेको बताएका छन्।
दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने तालिका अनुसार, निर्वाचन आयोगले ढिला सम्म काम गर्यो ।

अधिकांश ठूला दलले जिल्लाबाट उमेद्वारका लागि सिफारिस भएर आएकाहरुको संख्या धेरै भएको र त्यसबाट छनोट गर्नु पर्दा समय भएको थियो आयोगका कर्मचारीले राती अबेर सम्म बसेर काम गरेका थिए ।
त्यसमा पनि विभिन्न क्षेत्र र वर्गका लागि भनेर तोकिएको प्रतिशत मिलाउनु पर्दा सूची बनाउनै कठिन भएको बताइएको छ।

निर्वाचन आयोगले आज उम्मेदवारहरुको बन्दसूची सच्याउन राजनीतिक दलहरुलाई सूचित गर्ने र कात्तिक ६ गते दलहरुले संशोधन गरेर पेश गर्ने समय दिएकाले धेरै दलहरु हतारोमा बुझाएको सूची आयोगले दिएको समयमा परिवर्तन गर्ने योजनामा देखिएका छन्।
दलहरुले समानुपातिक उमेद्वारीको बन्दसूची बुझाएसँगै आइतबारदेखि ‍औपचारिक रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रक्रिया शुरु भएको छ।
प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागी कात्तिक ५ गते र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ताको दिन तोकिएको छ।