निर्वाचन सम्पन्न गर्न राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा ।

0
355
कात्तिक १ काठमाडौँ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको जिकिर गरेका छन् ।
ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्दै थापाले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको स्पष्टिकरण दिएका थिउ ।
“त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ”–पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक पटकको भेटमा जनाएको बताउँदै “प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न आफ्नो दल सरकारमा सहभागी भएको हो,” बताएका थिए ।