ओखलढुङगा काँग्रेसमा उमेद्धार बिबाद,सामुहिक राजिनामा देखि बिद्रोह गर्ने सम्मको तयारी,नेतृत्वलाई सच्चिन शनिवार १२ बजे सम्मको समय ।

0
3491
कार्तिक ३ काठमाण्डौं । नेपाली कांग्रेसले ओखलढुंगा क्षेत्र नम्बर एकमा न्यायोचित ढंगबाट उमेद्धार छनौट गर्न नसकेको भन्दै चर्को आलोचना भैरहेको छ । टिकट वितरण निष्पक्ष ढंगबाट गर्ने भन्दै पार्टीले बनाएको संसदिय बोर्डले पार्टीलाई सिध्याउने गरि टिकट बितरण गरेको भन्दै ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनाको चेतावनी दिएका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक राजिना गर्ने चेतावनी दिएका हुन । शनिवार १२ बजे सम्ममा निर्णय नसच्चिए नेपाली काँग्रेस ओखलढुङगाले जस्तो सुकै निर्णय गर्ने पनि पत्रकार सम्मेलनमा उद्धघोष गरिएको छ । सामुहिक राजिनामाको पत्र संसदिय बोर्ड तथा पार्टी सभापति शेरबहादुर देउवा समक्ष पठाइएको छ ।
विहिबार साँझ टिकट फाइनल गरी शुक्रबार टिकट दिने बेलामा क्षेत्र नम्बर एकको प्रदेश सभा तर्फ लिला बल्लभ दाहालको नाम हटाई मित्रसेन दाहाललाई उमेद्धार बनाउने निर्णय गरे पछि जिल्लामा सक्रिय कार्यसमितीका नेताहरु नै राजिनामा गर्ने निर्णयमा पुगेका हुन् ।
ओखलढुंगाका लागि कांग्रेसले केन्द्रमा रामहरी खतिवडा प्रदेश क मा लिला बल्दव दाहाल र प्रदेश ख मा प्रदीपकुमार सुनुवारलाई फाइनल गरी शुक्रबार नै टिकट लिनका लागि बोलाइएको थियो ।
युवा पुस्ता माझ रचनात्मक काम गरि लोकप्रिय बनेका लिला दाहालको टिकट खोसिएपछि ओखलढुंगाका युवाहरु समेत आक्रोस भएका छन ।
ओखलढुङगा युवाहरुले सामाजिक सञ्जाल मार्फत संसदिय बोर्डले गरेको निर्णयको आलोचना गरेका छन् । त्यसैगरी प्रदेश ख मा प्रदीप सुनुवारलाई टिकट दिएपछि प्रदेश ख का अन्य नेताहरुले समेत असन्तुष्ट जनाएका छन । नियम विपरित पार्टीले टिकट वितरण गरेपछि युवाहरुमा अव विद्रोह गर्ने तयारीमा समेत पुगेका छन् । बामपन्थीहरुको एकताका कारण निर्वाचन जित्न कठिन बन्दै गएको अवस्थामा ओखलढुङका काँग्रेसीहरुले राजीनामा गरे ओखलढुङगामा काँग्रसको धरातल सक्किने धेरैको भनाई छ । काँग्रेसलाई जिताउन र जिवन्त बनाइराख्न पनि ओखलढुङगामा देखिएको बिबाद तत्काल समाधान गर्न नेतृत्वलाई दवाव परेको छ ।