बजार खुलेको पहिलो दिन सुनको मुल्यमा गिरावट ।

0
315
कात्तिक ५ काठमाडौं । तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
आइतबार सुनको मुल्य तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि गएको मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।