कार्तिक ५ काठमाण्डौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा ९एमाले० र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् ।
दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् ।
यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिनुहुनेछ ।
यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्नुृहुनेछ ।
प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ । उमेद्धारी मनोनय भएसंगै नुवाकोटमा राजनितीक महोल तातेको छ ।
Post Views: 8,451