नुवाकोटमा महत र केसीको आडम्बर तोडिंदै,यसरी जित्दैछ बाम गठबन्धनले ।

0
7429

कार्तिक ६ काठमाण्डौं । दुई निर्वाचन क्षेत्र भएको नुवाकोटमा प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य रहेको जिल्लामा राजनितीकदलहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङको मनोनयन दर्ता भएको छ ।

यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको उमेद्धारी दर्ता भएको छ । खतिवडा सान्त स्वभावका कर्तब्यपरायण नेता भएको र केसी परिवारबाट आश्वासन मात्रै पाएको तर परिणाम नपाएको भन्दै स्थानियले बिकल्पको रुपमा खतिवडालाई रोज्ने मौकाको रुपमा यो निर्वाचनलाई हेरेको छन् । माओबादी केन्द्र र एमालेको मतको पुर्व अनुमान गर्दा पनि खतिवडाको विजय घोषणा गर्न निर्वाचनको प्रकृया मात्रै कुर्नु पर्ने भएको स्थानियले अड्कल गरेका छन् ।


प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेको उमेद्धारी परेको छ । प्रदेश तर्फको क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दर्ता गराएका छन । उमेद्धारी मनोनय भएसंगै नुवाकोटमा राजनितीक महोल तातेको छ । बिगतमा नेपाली काँग्रेसको पकड क्षेत्रको रुपमा रहेको क्षेत्रमा यस पटक भने बाम गठबन्धनले कब्जा गर्ने पक्कापक्कि भएको छ । 

प्रदेश नंं २ मा काँग्रेसबाट उमेद्धार बनेका रामशरण महतका उत्तराधिकारीका रुपमा देखिएका रमेशकुमार महत भुकम्प पिडतलाई दिइएको जस्ता पाता बिक्री काण्डबाट बद्नाम भएका कारण बाम गठबन्धनबाट उमेद्धार बनेका एमालेका बद्री मैनालीको जित सुनिश्चित बनेको छ । सामाजिक रुपमा सबैका प्रिय पात्रका रुपमा रहेका मैनालिले उमेद्धारी दिए पार्टी भन्दा माथि उठेर भोट हाल्ने स्थानियले कनस्थिती बनाएका थिए । जस्ता पाता काण्डका मुख्य पात्र प्रतिस्पर्धी भएका कारण मैनालीको भाग्य उदाएको काँग्रेसीहरुले नै चर्चा गर्न थालेका छन् ।

नेकपा एमाले जिल्ला कार्य समितीका उपाध्यक्ष भैसकेका नेता मैनालीले बिद्यार्थी जिवनदेखि नै स्थानीय स्तरमा गरेको योगदानको कदर गर्दै उमेद्धार बनेका हुन् । स्थानिय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बने पछि नुवाकोटमा स्थानियहरु काम नगर्ने पुराना नेता भन्दा काम गर्ने नेताको बिकल्पमा उभिएका थिए जस्लाई मैनालीको उमेद्धारीले हौस्याएको छ । यसकारण पनि मैनाली भारीमतका साथ बिजय हुने धेरैको अनुमान छ । मैनाली पार्टी अध्यक्ष केपी ओली निकट पात्रका रुपमा समेत परिचित भएकाले प्रतिनिधी सभाको निर्वाचनमा उनले वाजी मार्ने धुम्बाराहिको बुझाई छ ।