ओली र प्रचण्डको निषेधबादी सोचले काँग्रेससंग तालमेल : भट्टराई ।

0
670

कार्तिक ६ गोरखा प्रकाश चन्द्र दाहाल ।  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एमाले र माओबादी केन्द्रको निषेधबादी सोचका कारण आफ्नो पार्टीले बाम गठबन्धन त्यागेको बताएका छन् । ओली र माओबादीका नेताहरु हिजैको पुरानै सोच बोकेर निर्वाचनको फाईदा मात्रै लिने र क्षणिक लाभका लागि मात्रै एकता गरेको तथा निर्वाचन लगतै आ आफ्नै पार्टीको एजेण्डामा लाग्ने खेल ओली र प्रचण्डले गरेकाले आफु गठबन्धनबाट बाहिरीएको खुलासा गरेका थिए । गृह जिल्ला गोर्खामापत्रकार सम्मेलन गर्दै भट्टराईले यहि निर्वाचनबाट आफुहरु बैकल्पीक शक्ति बन्न नसके पनि राष्ट्रिय पार्टी मात्रै बने पनि आफ्नो लागि राहत मिल्ने बताएका छन् । प्रदेशको अबस्था हेरेर अन्य स्थानमा पनि काँग्रेससँग तालमेल गर्ने पार्टीको योजना रहेको बताए । उनले बामपन्थको लाकतान्त्रीकरण र लोकतन्त्रबादीको बामपन्थी करणको सुरुवात भएको बताएका छन् । उनले समग्र गोर्खाको बिकास गर्नका लागि एक पटक फेरी आफ्नो पार्टीलाई जिताइ दिन आग्रह गरेका छन् । अबको निकास आर्थिक बिकास सम्भव छ आफ्नै पालामा भन्ने नाराका साथ निर्वाचनमा लागेकाले समग्र नेपालको परिवर्तनका लागि नयाँ शक्तिको आवश्यकता रहेको दावी गरेका थिए । उनले नेपाली काँग्रेसलाई जरै देखि उखलेर फाल्नु पर्छ भन्ने आफुले बोल्दै नबोलेको भाषालाई सामाजिक सञ्जालमा दुष्प्रचार गरेकाले त्यसतो शब्द आफुले बोल्नै नसक्ने भन्दै खण्डन गरेका थिए ।