कात्तिक ६ गोरखा। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराई आफ्नै प्रवृतिका कारण वाम गठवन्धनबाट बाहिरिएको बताएका छन् ।
भट्टराईले सोमबार नै गोरखामा पत्रकार सम्मेलन गरी एमाले र माओवादीले सत्ताको लोभ देखाएकाले आफू गठवन्धनबाट बाहिरिएको बताएका थिए ।
श्रेष्ठले पनि गोरखामा पत्रकार सम्मेलन गरी उपेन्द्र यादव देखि मसाल हुँदै काँग्रेस सँग तालमेल गर्न पछि नपर्ने ब्यक्तिले अन्य पार्टीलाई आरोप लगाउनु उपयुक्त नहुने बताएका थिए ।
‘नारायणकाजीले गर्दा बाबुराम गठवन्धनबाट बाहिरिएको आरोप छ नि,’ भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले आफूले नभइ भट्टराई आफ्नै प्रवृत्तिका कारण गठवन्धनमा टिक्न नसकेको बताए ।
अवबको समयमा बहुमतको स्थिर सरकार आवश्यक रहेकाले सुदृढ र सशक्त संगठन भएको गठवन्धनले मात्र आवश्यकता पूरा गर्न सक्ने दावी गर्दै श्रेष्ठले भट्टराईको गठवन्धनबाट यो सम्भव नभएको तर्क गरे ।
अहिलेको वामगठवन्धन चुनाव पश्चात पार्टी एकीकरण तर्फ जाने श्रेष्ठको दावी थियो ।