सिटौला झापा ३ नम्बर बाट प्रत्यक्षमा भिड्ने,समानुपातिकमा उठ्ने हल्ला निराधार ।

0
291
कात्तिक ६ झापा, । नेपाली काँग्रेसका तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने उद्धघोष गरेका छन् ।
बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारेका हुन्। व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी दिने बताए ।
समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र देउवाले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने निर्णय गरेको बताएका थिए ।