नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू कांग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा सहभागी केन्द्रीय सदस्यहरूको नाम मञ्चबाट वाचन गरिएको छ । डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी र उदयशमशेर राणालगायत नेताहरूको नाम पढेर सुनाइएको हो ।
उपस्थित केन्द्रीय सदस्यहरूलाई मञ्चमा आसनग्रहण गराइएको छ । अन्य केन्द्रीय सदस्यहरू पनि कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी उद्घोषकले दिएका छन् ।
कांग्रेसभित्रको विवादका बीच दोस्रो विशेष सम्मेलन जारी छ ।








