नेपालको बिकासमा सघाउन क्यानडा र न्यूजिल्यान्डका राजदुतलाई प्रधानमन्त्री देउवाको आग्रह ।

0
248

कार्तिक ७ काठमाडौँ । नेपालका लागि क्यानडा र न्यूजिल्यान्डका राजदूतले नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचसीआर)को सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा क्यानाडाली राजदूत नदिर पटेल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले बधाई दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवा र राजदूतहरुका बीचमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले बताएका छन्। प्रधानमन्त्री देउवाले मानवअधिकार परिषद्मा रहँदा नेपाललाई सम्पूर्ण सदस्य देशको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।