उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुँदै,दलहरु बागी उम्मेद्धारलाई मनाउने प्रयासमा ब्यस्त ।

0
338

कात्तिक ८ काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ । उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म छुट्याएको छ ।
सच्चाउने समय सकिए पछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका आयोगले बनाएको छ । ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ । उम्मेदवारमाथिको दाबी विरोध सकिएपछि आयोगले कार्यतालिका अनुसार चुनाव चिह्न दिन लागेको हो ।
बुधबार उम्मेदवारी फिर्ता गर्ने दिन भएकाले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी परेकालाई दुवै गठबन्धनले फिर्ता गराउने प्रयास गरिरहेका छन् ।