मुग्लिन नारायणगढ सडक खण्डमा पुन यातायात रोकीने ।

0
338

कात्तिक ८ चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने भएको हो । कात्तिक १५ गते तिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ ।

ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि छ घण्टासम्म रोकेर काम अगाडि बढाउने तर्फ छलफल भैरहेको छ ।
फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौँडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने इञ्जिनियर खनालले जानकारी दिए ।