दोस्रो चरणको निर्वाचनका लागि उमेद्धार छान्ने चटारोमा काँग्रेस ।

0
532

कार्तिक ८ काठमाण्डौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गर्न लागि परेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले बताएका छन् । बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको जानकारी दिँदै डा महतले चाँडोभन्दा चाँडो उम्मेदवारको टुंगो लगाउने बताएका छन् । दोस्रो चरणको निर्वाचनमा सहभागीहुनका लागि कार्तिक १६ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

पार्टीले आसन्न निर्वाचनको तयारीका लागि नेता बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरी अन्तिम रुप दिइएको छ ।
पार्टीको संसदीय समिति र पदाधिकारीको मंगलबार बसेको बैठकले नेता महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्रको खाकामा आवश्यक सुझाव समेटी अन्तिम रुप दिइसकेको छ । घोषणापत्रमा केही सामान्य शब्दावली सुधारपछि सम्भवतः आजै छपाइका लागि पठाइने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।