कतारले श्रम कानुनमा सुधार ल्याउने ।

0
340

९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकले मजदुरहरुको न्यूनतम पारीश्रमिक निर्धारण गर्ने जनाएको छ ।एक दिन अघि कतार सरकारले श्रम कानुनमा सुधारको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले आप्रवासी मजदुरहरुको स्थितिलाई लिएर कतार सरकारको आलोचना गरेपछि कतारले श्रम कानुनमा सुधार ल्याउने बताएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा परिर्वतन गरेको छ । कम्पनीहरुले मादारलाई रोक लगाउन नसक्ने बताईएको छ ।कामदारहरुको पहिचान पत्र कम्पनीले नभई सरकारले जारी गर्ने बताईएको छ ।