कार्तिक १० काठमाण्डौं बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई राष्ट्रिय लज्जा भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन्।
ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन्।
यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइन्छ।
राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए।
बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए।
उनले भनेका छन्, अमेरिकी समाजको कुनै पनि त्यस्तो भाग बाँकी छैन, जहाँ नसालुऔषधीको प्रयोगले नसताएको होस्।
ट्रम्पले नसा नलाग्ने नयाँ किसिमका औषधीहरुका लागि अनसन्धानहरु आवश्यक रहेको बताए।