झापामा प्रहरी र प्रदर्शनकारी बिच झडप, स्थिती तनावग्रस्त ।

0
538

कार्तिक १० झापा । झापाको अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्य प्रकरणको छानबिन गर्न माग गर्दै शुक्रबार निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

झापा बिर्तामोडको शनिश्चरे रोडबाट सुरु भएको र्यालीलाई बिर्तामोडको मुक्ति चोकमा प्रहरीले रोकेपछि तनाव भएको हो । प्रहरीको अवरोधबीच जुलुस अघि बढ्दा भएको झडपमा कम्तीमा ८ जना घाइते भएका छन् । ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् ।

विजया दशमीको दिन फुपूको छोरालाई विदेशबाट आएको जुत्ता लिन गएका लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट पानीमा डुबेको अवस्थामा भेटिएको थियो । त्यसयता आफन्तले घटनाको छानबिन माग गर्दै आइरहेका छन् । प्रहरीले छानबिनमा चासो नदेखाएको आफन्तहरूको आरोप छ ।