२०८३ असार ३१ गते बुधबार
२०८३ असार ३१ गते बुधबार

एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

उनकाअनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०÷५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए ।

यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।