टे्किङ ब्यबसायीलाई लाग्यो टानको निर्वाचन, अध्यक्षका प्रत्यासी दाहाल भन्दछन् म सबै ब्यबसायीको साझा उमेद्धार हुँ , (भिडियो सहित )।

0
859

कार्तिक १० काठमाण्डौं ।  टे्किङ एजेन्सीस एसोसिएशन अफ नेपाल (टान)को अध्यक्षका लागि चुनावी मैदानमा रहेका नवराज दाहालले आफु लामो समय देखि पर्यटन ब्यबसाय गर्दै आएको र टेकिङ ब्यबसायीहरुको सबै समस्याको जानकार भएकाले आफुले अध्यक्ष हुन चाहेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

बिगतमा टानको सदस्य तथा महासचिवको भुमिका निर्वाह गरिसकेको अनुभवका आधारमा  आफुले मौका पाए सबै समस्याको समाधन गर्न सकिने बताएका छन् । सञ्चार खवरका सम्पादक प्रकाश चन्द्र दाहाल सँगको कुराकानीमा अध्यक्षका प्रत्यासी दाहालले ब्यबसायीको हक हित र अधिकार स्थापित गराउन आफ्नो उमेद्धारी अपरिहार्य भएको दावी गरे  ।

निर्वाचनको सन्दर्भमा सबै समस्याको समाधान गर्ने दावी गरे पनि निर्वाचित भए पछि काम गर्न नसक्ने बिगतको नेतृत्वका कारण बिभिन्न प्रश्न उठ्ने गरेको भए पनि आफुले सबै ब्यबसायीको प्रतिनिधित्व गर्ने दाहालको भनाई छ । आफुले बिगतमा नयाँ पद यात्रा तय गर्ने देखि ब्यबसायी र मजदुरका बिचमा बिभिन्न समयमा देखा पर्ने गरेका समस्याको दिर्घकालीन समाधान गर्ने जस्ता उदाहरणिय काम गरेकाले देश भर टेकिङ ब्यबसाय गर्नेहरुले आफुलाई अध्यक्षको प्रत्यासी बनाएको दाहालको भनाई छ ।

समाबेसी,अनुभवी र सशक्त प्यानल भएकाले आफ्नो प्याननले बिजय हासिल गर्ने उनले दावी गरे । पर्यटन ब्यबसायमा भएका समस्या समाधान गर्नका लागि यो प्यानल सक्षम भएको भन्दै पर्यटकको सुरक्षाका लागि पनि आफ्नो प्यानल अपरिहार्य भएको तर्क गरे । उनले पर्यटनलाई अन्तराष्ट्रियकरण गर्न पनि आफ्नो प्यानल सक्षम रहेको भन्दै पर्यटन ब्यबसायलाई मर्यादित बनाउँदै राज्यसँग सहकार्य गर्ने आफ्नो योजना सुनाए । आफ्नो नेतृत्वमा बनेको प्यानल बामपन्थिहरुको मात्रै प्यानल नभएर समग्र पर्यटन ब्यबसायीको टिम भएकाले नितिगत सुधारका लागि सरकारसँग उचित लविङ गर्न सक्ने प्रतिवद्धता जनाएका छन् ।

उनले आफ्ना सबै प्रतिबद्धताको परिणाम ६ महिना भित्रै आउने भन्दै अन्यथा आफ्माथि प्रश्न उठाउने अधिकार सबैमा रहेको स्मरण गराए । आफु नेतृत्वको प्यानललाई जिताउन देश भरका टेकिङ ब्यबसायलाई दाहालले अपिल गरेका छन् । टे्किङ एजेन्सीस एसोसिएशन अफ नेपाल (टान)को नयाँ कार्य समिती चयनका लागि आइतबारबाट अधिबेसन सुरु हुदै छ । सो अधिबेसनले दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।