११ कात्तिक ,धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।बसमा कति यात्रु थिए भन्ने एकीन हुन सकेको छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।