२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

ओलीको डिबेट प्रस्तावमा बालेनको प्रश्न– आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा प्रतिक्रिया दिएका छन्।

बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने होरुरु। त्यसपछि अरू कुरा गरौँला।’

उनले थपे, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

बालेनको यो प्रतिक्रिया केपी ओलीको पब्लिक डिबेट प्रस्ताव र चुनावी बहसको अवसरमा आएको हो, जसले सामाजिक सञ्जाल तताएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।