आसन्न निर्वाचनको मतपत्रका विषयमा निर्वाचन आयोगले कानुनविदहरुसंग छलफल गर्दै ।

0
479

१२ कात्तिक काठमान्डौँ । सर्वोच्च अदालतको पछिल्लो आदेश पश्चात प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ निर्वाचनको मतपत्रका विषयमा आज निर्वाचन आयोगले कानुनविदहरुसंग छलफल गर्दैछ । सर्वोच्चले गत बुधबार प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग अलग छाप्ने बारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेपछि आयोगले छलफल गर्न लागेको बुझिएको छ । मतपत्रको आदेश सम्बन्धमा कानुनी , प्राविधिक र व्यवहारिक सबै दृष्टिकोणले छलफल गरी निर्णय लिने बताईएको छ ।

सर्वोच्चले कात्तिक १ मा प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग–अलग छाप्नुपर्ने आशयको आदेश दिएको थियो । यद्यपि निर्वाचन आयोगले दुबै सभाका लागि एउटै मतपत्र छाप्ने तयारी गरेपछि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै जवाफसमेत माग गरेको छ