१२ कात्तिक, काठमाडौं । माओवादीसँगको सिट बाँडफाँट अधिकांश स्थानमा टुंगिएसँगै एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । सिट बाँडफाँड नमिलेका केही क्षेत्रको टुंगो लगाउन दुवै दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिवार अबेरसम्म बसेको थियो । एमाले शीर्ष नेतृत्व तहमा भएको छलफल अनुसार प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बाँकी रहेको एमालेले जनाएको छ ।
अनौपचारिक टुंगो लागेका एमालेका उम्मेदवार
केपी शर्मा ओली,झापा ५
माधवकुमार नेपाल,काठमाडौं २
झलनाथ खनाल, इलाम १
सुवास नेम्वाङ, इलाम २
एलपी साँवा, झापा ४
ऋषिकेश पोखरेल, मोरङ २
भानुभक्त ढकाल, मोरङ ३
लालबाबु पण्डित, मोरङ ६
राजेन्द्र राई, धनकुटा
तेजमान कन्दङ्वा, तेह्रथुम
मन्जु चौधरी, उदयपुर १
जगन्नाथ खतिवडा, उदयपुपर २
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
कृष्ण राई, काठमाडौं ३
राजन भट्टराई, काठमाडौं ४
ईश्वर पोखरेल, काठमाडौं ५
रामवीर मानन्धर, काठमाडौं ६
नवराज सिलवाल, ललितपुर १
कृष्णलाल महर्जन, ललितपुर २
सुरेन्द्र पाण्डे, चितवन १
कृष्णभक्त पोखरेल, चितवन २
किसान श्रेष्ठ, तनहुँ १
केदार सिग्देल, तनहुँ २
खगराज अधिकारी, कास्की १
रविन्द्र अधिकारी, कास्की २
पद्मा अर्याल, स्याङ्जा २
तिलक महत, नवलपुर २
हृदयेश त्रिपाठी, परासी १
बिष्णु पौडेल, रुपन्देही २
बृजेशकुमार गुप्ता, कपिलबस्तु २
दलबहादुर राना, पाल्पा १
प्रदीप ज्ञवाली, गुल्मी १
गोकर्ण विष्ट, गुल्मी २
मेटमणि चौधरी, दाङ १
पशुपतिदयाल मिश्र, बाँके २
बामदेव गौतम, बर्दिया १
ध्रुवकुमार शाही, सुर्खेत १
गरिमा शाह, कैलाली १
झपट रावल, कैलाली २
नारदमुनि राना, कैलाली ५
प्रेम आले, डोटी
भीमबहादुर रावल, अछाम १