भारतले जिएसटी लगाएपछि नेपाली जडिबुटी ब्यबसाय संकटमा ।

0
655

कात्तिक १३ नेपालगञ्ज । भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा परेका छन् ।

यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको भन्दै अब जडबिुटिको कारोबार नै गर्न नसकिने अवस्था आएको बताएका छन् ।

भारतले लगाएको जिएसटिका कारण नेपालमा उत्पादित बिभिन्न जडिबुटिहरु कुहिएर जाने संकेत गरेका जुडिबुटि ब्यबसायीहरुको गुनासो रहेको छ ।