राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुदै ।

0
947

राधा शर्मा , १३ कात्तिक नवलपरासी ।

मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको भनिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता नवलपुरको कावासोतीमा आजदेखि शुरु हुँदैछ । मध्यविन्दु २ कोल्हुवामा शुरु हुने प्रतियोगीतामा विभागीय टिमसहित ए डिभिजन क्लबहरू सहभागी हुने आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।  ‘संरक्षण चेतनाका लागि खेलकुद भन्ने’ नारासहित सुरु हुन लागेको प्रतियोगिताभर लोपोन्मुख गैडा, वन, वातावरण र वन्यजन्तुको संरक्षणबारे जानकारी गराईने छ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् । आजहुने  उद्घाटन खेलमा कास्की ११ र जगदम्बा लुम्बिनी भिड्दैछन् ।