निर्वाचन आयोगले सर्वोच्चमा जवाफ पेश गर्दै ।

0
638

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा प्रयोग हुने मतपत्रबारे आज सर्वोच्च अदालतमा जवाफ पेश गर्दै छ । हिजो कानुनविदहरुसंगको छलफलका क्रममा स्वविवेकीय अधिकार प्रयोग गर्न सुझाप पाएपछि आयोगले आज अदालतमा जवाफ पेश गर्न लागेको हो । र्वोच्च अदालतको सम्मान गर्दै आदेशको मर्म र भावनाअनुसार आज जवाफ पेश गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्र नाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित हालेको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले आयोगसँग तीन दिनभित्र जवाफ मागेको थियो ।