राईनो संरक्षण गोल्ड कप फुटबलमा कास्की ११ बिजयी ।

0
359

मिना कंडेल,कार्तिक १३, नवलपरासी । संरक्षणका लागि खेलकुद भन्ने उदेश्यका साथ राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता २०७४ आज बाट सुरु भएको छ । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा बिभागीय टिम र ए डिभिजनका क्लवका साथै जिल्ला विजेता टिमहरु प्रतिस्पर्धामा रहेका छन् । तेस्रो राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिब महेस दाहाल र नेपाल सुन्दरी २०१७ की निकिता चन्दकले संयुक्त रुपमा उद्धघाटन गरिएको थियो ।
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उद्धाटन कार्यक्रममा बोल्दै सचिब महेस दाहालले खेलको माध्यमबाट स्वास्थ्य जीवन निर्माणहुने भएकाले समेत जीवनमा खेलको आवश्यक्ता भएको भन्दै सरकारले खेलकुदमा लगानी गर्ने गरेको बताउनु भयो । साथै उहाँले विश्वमा एक सिङ्गे गैडा संरक्षण गर्ने कुनैपनी खेल नभएकोले राईनो संरक्षण खेल सञ्चालन भएको मैदानलाई राईनो मैदान मात्र नभनी राइनो संरक्षण खेल मैदानको नामाङ्करण गर्न अनुरोध गर्नु भयो ।
सरकारले खेलको संरक्ष्ाँण र सम्वद्र्धनका लागि २ अरवको वजेट विनीयोजन गरेको बताउँदै सचिव दाहालले खेलकुदको विकास र खेल प्रेमिका लागि सरकारले चालेको कदम सराहनिय वताउनु भयो ।
त्यस्तै उहाले राइनोसंरक्षण गोल्डकप नन्द भाउजु उपभोक्ता समुहले विगत लामो समय देखि संचालन गरको हुदा खेलकुदमा गरेको लगानी खेर जान नदिने भन्दै लगानीको उत्पादकत्व पाउने वताउनु भयो

आजको खेल
आज भएको उद्घाटन खेलमा कास्की ११ पोखरा विजयी भएको छ । जगदम्बा लुम्बीनी र कास्की ११ पोखरा विच भएको खेलमा ३–० गोल अन्तरले कास्की ११ विजयी भएको छ । खेलको दोस्रो हाफको ५५ औँ मिनेटमा जर्सी नं. १६ का सिद्धकमान तामाङ्गले पहिलो गोल गरे भने खेलको ७६ ओँ मिनेटमा जर्सी नं. ३ का सुलेमान गापाले दोस्रो गोल गरका थिए । खेलको ८० औँ मिनेटमा जर्सी नं. १२ का विनोद गुरुङ्गले थप एक गोल गर्दै कास्की ११ को लागी ३ –० गोल अन्तरले विजयी बनाउन सफल भएका थिए । भोली विरगञ्ज यूथ कल्ब र रुपन्देहि ११ विच खेल हुने छ । खेलको विजेता टिमले नगद ५ लाख २५ हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्ड बाहेक एक दिनको होम स्टे, चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण र उप विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्ड प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।