सर्बोच्चलाई निर्वाचन आयोगको जवाफ छुट्टा छुट्टै मतपत्र छपाई जारी ।

0
288

कार्तिक १४ काठमाण्डौं । मतपत्र छपाइमा भएको प्रगतिबारे सर्वोच्च अदालतको जिज्ञासा शान्त पार्दै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावको मतपत्र छुट्टा(छुट्टै छाप्ने काम थालि सकिएको औपचारिक जवाफ दिएको छ।
मतपत्रको व्यवस्था कानुन अनुसार नभएको भन्दै निवेदन दर्ता भएपछि केही दिनअघि सर्वोच्चले अलग(अलग मतपत्र छपाइमा भएको प्रगति विवरण तीन दिनभित्र पेश गर्न एक आदेश दिएको थियो।
निर्वाचन आयोगका अनुसार सर्वोच्चको आदेशको मर्म अनुसारै मंसिर १० र २१ गते हुने चुनावका लागि काम भइरहेका छन्।
सर्वोच्च अदालतको आदेशको मर्म र भावना अनुसारै मतपत्र छपाइको काम अघि बढाइने बताउँदै आएको निर्वाचन आयोगले सोमबार सो अदालतलाई त्यही आसयको लिखित जवाफ पठाएको छ।
प्रदेश र प्रतिनिधिसभाका प्रत्यक्ष चुनावका लागि अलग(अलग मतपत्र छापिने व्यहोराको जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत प्राप्त भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले बताए।
छुट्टा(छुट्टै ऐन अन्तरगतको निर्वाचनको लागि छुट्टा(छुट्टै मतपत्र हुनु पर्ने भन्ने आदेशको मर्म हो। आज उहाँहरुले छुट्टा(छुट्टै पानामा छुट्टा(छुट्टै मतपत्र छाप्न आदेश दिइसक्यौं भनेर जवाफ दिनु भएको छ।