अन्डर नाइन्टीन एसिया कप फुटवलमा नेपाल र किर्गिस्तान भिड्दै ।

0
285

कात्तिक १४काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ ।
यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।
अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।