कार्तिक १५ बिरगञ्ज । म्यादी प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय पर्साले खोलेको म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएकाहरुसँग रकम असुल्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नागरपालिका–१ का २२ वर्षीय हरिनारायण राम, वडानम्बर –५ का ४५ वर्षीय विसुनदेव यादव र त्यही वडाका २२ वर्षीय छुठ महरा चमार छन् । उनीहरुलाई सोमबार वीरगञ्जको मुर्लीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार सार्वजनिक गरेको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।