एमाले र माओवादीको सिट बाँडफाँड टुङ्गियो , बादलले नवलपरासी १ छोडे ।

0
352

१५ कात्तिक , काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँड टुंग्याएका छन् । दोस्रो चरणको चुनाव हुने सबै जिल्लामा भागबण्डा टुंगो लागेको नेताहरुले बताएका छन् । सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ तथा बाँकी ६ सिट राष्ट्रिय जनमोर्चा, हृदयश त्रिपाठी लगायतलाई छुट्याइएको छ ।

यसअघि पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये एमालेको भागमा ९७ र माओवादी केन्द्रको भागमा ६२ परेको छ । यस्तै प्रदेशसभातर्फ कुल ३३० सिटमध्ये एमालेको भागमा १९८ र माओवादीको भागमा १२८ छ । त्यही क्षेत्रमा दाबी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापा काठमाडौं १० बाट उठ्ने सहमति भएको छ ।