एमाले र माओवादीका विधार्थी संगठनहरुको संयुक्त चुनाव प्रचार ।

0
335

१५ कात्तिक, काठमाडौं । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीका विधार्थी संगठनहरुले संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीको आज बागबजारमा बसेको संयुक्त बैठकले ११ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको हो। अनेरास्ववियु र अखिल क्रान्तिकारीले आजै दिउँसो बागबजारमा उपत्यकास्तरीय संयुक्त भेला आयोजना गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।