ब्राण्डेड भन्दै उपभोक्ता ठग्ने पक्राउ ।

0
263

१५ कात्तिक , काठमाडौं । काठमाडौंको दरबारमार्ग र न्यूरोडका केही पसल सञ्चालक पक्राउ परेका छन् । ब्राण्डेड सामानका नाममा उपभोक्तालाई कमसल सामान बेच्दै ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले ८ वटा पसलका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लाइफ स्टाइल इन्टरप्राइजेजका श्रीकृष्ण महर्जन, वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, एडभेन्चर आउटडोरका रोशन ओडारी, लेवल्स स्टोरका सुवास महर्जन, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, दिपेन्द्र महर्जन, एभिन्यू मार्केटका उत्तम कुमार वस्नेत, प्लाटिनम ट्रेडका प्रविन झा, रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारी रहेका छन् ।