कात्तिक १७ बीबीसी । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले भिटोरियासँगको खेलअघि नै रेड कार्ड पाएका छन् । युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् ।
खेल शुरुहुनु केहीबेर अघि उनले एकसमर्थकलाई लात्तीले हानेका थिए । खेल शुरु हुनुअघि नै समर्थकको टाउकोमा लात हानेका उनीमाथि शुक्रबार थप कारबाहीबारे छलफल हुँदै छ । उनले रेड कार्ड पाए पनि खेल शुरु नहुँदैको घटना भएकाले मार्सेली ११ जना खेलाडीसहित नै खेल्यो । खेलमा मार्सेली १–० ले पराजित भएको हो ।
एक फ्रेन्च पत्रिकाका अनुसार ती समर्थकले ‘वाम अप’ गरिरहेका बेला इभ्राको मजाक उडाएका थिए । इभ्रा पहिले उनीसँग केही कुरा गर्दै थिए तर एकैछिनमा स्थिति बिग्रिएपछि रिस थाम्न नसकेर इभ्राले समर्थकको टाउकोमै किक हाने ।