नेपालको निर्वाचनबाट कति कमाउँदै छ फेसबुकले ?

0
609

प्रकाश चन्द्र दाहाल,मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा कुल चार सय पन्चानब्बे सिटको लागि ७ हजार भन्दा धेरैले उमेद्धारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन जित्न भन्दा पनि आफ्नो पदिय हैसियत बढाउन उमेद्धारहरु लागि परेको देखिन्छ । एक त टिकट पाउन महाभारतको युद्ध जित्नु बराबर भएको अवस्थामा शक्ति र पहुँच देखाउने अवसरको रुपमा पनि नेपाली राजनिती बिकसीत हुँदै गएको छ जस्ले लोकतन्त्रलाई कम्जोर बनाउने छ र भविष्यमा जनताको अधिकार समेत गुम्ने खतरा बढ्नेछ । यो सँगै जोडिएको अर्को डरलाग्दो पक्ष भनेको पैसाको भरमा टिकट पाउने र बिद्यार्थी जिवन देखि राजनिती गरेकाहरुलाई बलिको बोको बनाइनुले राजनितीमा निष्ठा सकिएको प्रष्ठ हुन्छ । के अब इमान भएकाहरुको दिन सकिएको हो ? कि गुण्डा गर्दी गरेको अनुभव हुनु पर्ने हो ? यसको जवाफ नेपालका राजनितीज्ञहरु सँग छंदै छैन । न त उनिहरुले जनताका माझमा गरेका बाचा पुरा गर्ने इच्छा शक्ति देखाउन सक्छन् न त आम नागरिकले उठाएका प्रश्नको जवाफ नै दिन सक्छन् । यसले नेपालमा जुन तन्त्र आए पनि नेपाली जनताले पाउने आश्वासन मात्रै हो भन्ने प्रमाणीत गरेको छ । नैतिकता,आस्था,बिश्वास र इमान नै नभए पछि राजनिती कसरी समाज र जनताको हितमा हुन सक्छ र देशले मुहार फेर्न सक्छ । यदि देशको लागि नै काम गर्ने हो र जनताको दुख सुखमा काँधमा काँध मिलाउने हो भने इमानदारीता पुर्वक नै राजनितीक दल र सरकार चलाउन किन सकिँदैन ? आमनागरिकले गर्ने यस्तै थुप्रै प्रश्नहरु अनुतरित नै छन् । नेताहरु केवल क्षणिक शक्ति र सत्ताको लोभमा आफ्न्त र नातागोता कै आसपासमा घुमिरहेका छन् । यो गलत संस्कार छाड्नु पर्दैन नेता ज्यु ?

पैसा र चुनाब
चुनावी प्रचार प्रचारमा राम्रो खर्च गर्नु पर्ने र कतिपय अवस्थामा भोट समेत किन्नु पर्ने भएकाले निर्वाचन उमेद्धारका लागि निक्कै महंगो हुन थालेको छ । अझ पछिल्लो समय भित्रिएको फेसबुक बुस्ट गर्ने चलनले गर्दा डलरमा कारोबार गर्नु पर्ने बाध्यताले उमेद्धारहरुले राम्रै खर्चको जोहो गर्नु पर्ने भएको छ । फेसबुकको प्रयोग नगर्ने सायदै होलान् जव तपाई फेसबुक लगअन गर्नु हुन्छ तब फलानो जिताउँ अभियान नामको एकाउन्टबाट प्रचार सामाग्रीहरु बुस्ट गरिएको देख्न सकिन्छ । यसरी एउटा उमेद्धारले बुस्ट गर्दा राम्रै पैसा फेसबुकलाई तिर्नु पर्छ । हामी कहाँ अहिले ४ सय ९५ जना उमेद्धार छन् त्यस मध्ये कम्तीमा एक सय जना उमेद्धारले कम्तीमा ५ सय डलरको मात्रै फेसबुकमार्फत बुस्ट गरे पनि नेपालको पाँच करोड पच्चिस लाख भन्दा धेरै रकम बिदेशीने छ । उमेद्धारको संख्या र बुस्ट गर्दा लाग्ने खर्च त हाम्रो अनुमान मात्रै यहाँ लाखौको बुस्ट गर्ने बिबेकसील साझा पार्टीका जस्ता कयौं उमेद्धार छन् जो फेसबुक बुस्टमा बिश्वास गर्छन् । यसकारण हामीले भन्न खोजेको यत्ति हो की नेपालमा निर्वाचन हुँदा नेपालको रकम अमेरीका नपठाऔ बरु सोही रकम गरिव जनताको जिवनस्तर परिवर्तन गर्न लगाउने हो भने जनताको सम्बृद्धिको सानो सपना निर्वाचनमै पुरा हुन सक्छ ।