१७ कात्तिक झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन् ।झापाको दमकमा आज भएको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाए ।देशका वामपन्थीहरु एकजुट हुँदा कांग्रेसका केही नेताहरु पानी छम्किनु पर्नेगरि मुर्छा परेकोसमेत उनको आरोप छ । अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन खोजेको ब्यहोराको आरोप लगाएको बताउँदै ओलीले कांग्रेसका बोलीमा मात्र लोकतन्त्र भएको र ब्यबहारमा स्वार्थको भकारी भर्ने घिनलाग्दो दाउमात्र भएको आरोप लगाए ।