काठमाडौं उपत्यकामा पुराना सवारी साधन संचालनमा रोक लगाईने ।

0
404

१७ कात्तिक, भक्तपुर । काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने जानकारी गराएका छन् । आज रफत सञ्चार क्लवमा आयोजना भएको साक्षात्कारमा बोल्दै उनले नले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएकाले अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउन लागेको बताए ।