कार्तिक १८ काठमाण्डौं । राजधानीको चक्रपथ सफाई अभियानले १२औं हप्ता सफलताका साथ पुरा गरेको छ । १२ हप्ताको सरसफाई कार्यक्रममा सहभागी हुँदै उद्योग राज्य मन्त्री रेशम लामाले शहरको सफाई गर्ने जस्तो पबित्र कार्यमा आफु सहभागी हुन पाएकोमा खुसि ब्यक्त गर्दै यो अभियानमा सरकारको सम्पुर्ण सहयोग हुने बताउनु भएको छ ।
मन्त्रालय गत हिसावले क्षेत्र अर्कै भए पनि उद्योग मन्त्रालयले गर्नु पर्ने सहयोगमा कुनै कमि नआउने भन्दै हरेक हप्ता हुने सरसफाई कार्यमा आफ्नो सहभागीता रहने प्रतिबद्धता जनाउनु भएको छ । सरसफाई अभियानमा सहभागी हुँदै मन्त्री लामाले स्थानिय होटल,मासु पसल र घरबाट निस्कने फोहोरलाई सडकमा फाल्ने निकृष्ठ कार्य अबका दिनमा कसैले गर्न नुहने भन्दै सफाई अभियानकर्ताहरुको प्रसंशा गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सफाई अभियानका संयोजक तारा बहादुर कुँवरले आफ्नो टोलको सफाईका लागि राज्यको मुख ताक्नु भन्दा टोलबासीले नै सफा राख्ने कार्यमा ध्यान दिनु पर्ने बताउँदै ब्यक्तिले सुरु गरेको कार्यले अभियानको रुपलिएको भन्दै अबका दिनमा सडकमा फोहोर फाल्नेलाई कडा कारबाही गर्नु पर्ने बताउनु भएको थियो । सफाई अभियानमा नेपाली सेना,नेपाल प्रहरी,शशस्त्र प्रहरी?लगायत स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो । चक्रपथ सफाई अभियानको १३औं हप्ताको कार्यक्रम आगामी हप्ता कलंकी चोकबाट गर्ने याजना सहित आजको कार्यक्रम सम्पन्न भएको थियो ।