छोरीका लागि ज्वाई भित्र्याउने गज्जवको काइदा ।

0
254

कार्तिक १९ झापा । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो नेपालको पूर्वी तराइमा बसोबास गर्ने सन्थ्याल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

पाँच वर्षअघि झापा गाउँपालिका–१ की २० वर्षीया समी हेम्रुमसँग मागी विवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो जनमथलो नै त्यागे ।