लोकतन्त्र रहने वा नरहने निर्वाचन परिणाममा निर्भर : सञ्चार मन्त्री बस्नेत ।

0
542

 

कार्तिक १९ सिन्धुपाल्चोक । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन कुनै व्यक्तिको हार जितसँग नभई मुलुकको लोकतन्त्र रहने वा नरहने विषयसँग जोडिएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

विकासको मुहार नदेखेका यस क्षेत्रका जनतालाई समृद्ध बनाउन आफूले अहिलेसम्म कसैले नल्याएका विकासका वहार ल्याउने प्रतिबद्धता जनाउनुभयो । नेपाली काँग्रेसका तर्फबाट सो क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका मन्त्री बस्नेतले पाँच वर्षभित्र गाउँमा मात्र होइन, घरघरमा मोटरबाटो, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँच दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना तथा प्रविधिलाई जनताको पहुँचमा पु¥याउन जिल्लाका सबै गाउँमा टेलिफोन टावर बनाउने, तीन वर्षभित्र देशका सबै क्षेत्रमा कम्प्युटर पु¥याउने, सन् २०२७ भित्र मुलुकलाई पूर्णरुपमा ‘डिजिलटाइज्ज’ गर्ने योजना सुनाउनुभयो ।

आफूले सूचना तथा सञ्चार मन्त्रालय सम्हालेको छोटो अवधिमा देशभित्रै नेपाली नोट छाप्ने व्यवस्था मिलाएको र यसबाट अरबौँ रकम बाहिरिनुबाट रोक्नुका साथै हजारौँले रोजगारी पाउने बताउनुभयो ।