चिकित्सा शिक्षासम्बन्धी अध्यादेश प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय ।

0
407

कार्तिक २० काठमाण्डौं । सरकारले प्रमाणीकरणका लागि पठाएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गरिरहेको उनको कार्यालयका अधिकारीहरुले बताएका छन्।
चिकित्सा शिक्षा विधेयकको माग गर्दै लामो समयदेखि संघर्षरत डा गोविन्द केसीसँग भएको सहमति अनुसार मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो।
तर मन्त्रिपरिषद्ले पारित गरेको दुई हप्ता हुन लाग्दा पनि अध्यादेश प्रमाणीकरण नहुँदा केसीका समर्थकहरु झस्किएका छन्।
अध्यादेशमार्फत माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि डा केसीले आमरण अनशन तोडेका थिए।

प्रमुख राजनीतिक दलबीचको मतभेदका कारण संसद्‌बाट चिकित्सा शिक्षा विधेयक पारित हुन नसकेपछि सरकारले अध्यादेशको बाटो रोजेको थियो।
तर संसद्बाट पारित हुने विधेयकमा जस्तो विभिन्न प्रक्रिया पूरा नगरेरै सरकारले अध्यादेश पठाउने भएकाले अन्य अध्यादेशमा जस्तै चिकित्सा शिक्षा अध्यादेशमा अध्ययनरपरामर्श गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।