हिन्दुत्व रक्षा गर्न ७२ घण्टे अनशन सुरु ।

0
379

कार्तिक २१ काठमाण्डौं । मानव संसारको रक्षा गर्ने हिन्दु धर्म संकटमा परेको भन्दै हिन्दु धर्मको रक्षा गर्न ७२ घण्टे अनशन सुरु भएको छ । काठमाण्डौको बसन्तपुर मख्खनमा रहेको सानो पशुपति नाथको मन्दिर परिसरमा जारी रहेको अनसनमा सरस्वती सृष्टिमार्ग नवदुर्गा काली माँ नाकम संस्थाका संस्थापक होम बहादुर कार्की बस्नु भएको छ । बिश्व भूमिमा आपत बिपत्तको भूमरी आउन लागेको भन्दै समग्र मानव जगतको रक्षा गर्न भगवानको शक्तिले मात्रै सम्भव भएको दावीका साथ कार्की अनसनमा बस्नु भएको हो ।

अनसनमा बस्नु अघि सञ्चारखवरसँग कुरा गर्दै कार्कीले भन्नु भयो हिन्दुहरु माथि चौतर्फीरुपमा आक्रमण भैरहेको भन्दै भगवानहरु पनि भयभित अबस्थामा मन्दीर छोडेर अन्यत्रै सरेको उहाँको दावी छ । आफुमा दैवी शक्ति प्राप्त भएको भन्दै कार्कीले कार्तिक २१ देखि २९ गते बिचको समय नेपालका लागि अत्यन्त घातक रहेको र यो बिचमा नराम्रो घटना हुने ठोकुवा गर्नु भएको छ ।
सानो पशुपतिनाथ मन्दीर परिसरमा जारी अनसनमा कार्कीले कालो कपडाले शरीर ढाक्नु भएको छ । जस्को कारण बिश्वमा मानव मात्र नभइ भगवानहरु समेत सुरक्षित नभएकोले आफुले तेत्तिसकोटी देवि देवताको आज्ञा अनुसार नै कालो कपडाले मुख छोपेको बताउनु भएको छ । सोमबार बेलुकी ५ बजेबाट सुरु ७२ घण्टे अनसन बिहिबार ११ बजेर ५९ मिनेटमा समापन हुने कार्कीको भनाई छ ।
उहाँको अनसनका मागहरु यस प्रकार रहेका छन् ।
. सम्पुर्ण देवालय तथा शिवालयहरुको ढोका चौबिसै घण्टा खोलीनु पर्ने
. शिवजीले भाङ धतुरो सेवन गर्नु हुन्न । यो काल्पनिक कुरा हो ।
. लक्ष्मी आमा र अन्नपुर्ण आमालाई अग्नीमा हालेर जलाउन पाइने छैन ।
. मन्दीरको पुजारी सबै जातीका मानिस हुन पाउनु पर्छ भगवानले कसैलाई बिभेद
गर्दैनन् ।
. कार्तिकके फुल भगवानलाई चल्दैन । भन्दै बगवानको रक्षा गर्न हरेक नेपालीलाई आग्रह गरिएको छ ।