राजदूत सिंहद्ररा ओहोदाको प्रमाणपत्र प्रस्तुत ।

0
197

२१ कात्तिक , काठमाडौँ । साउदी अधिराज्यका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले त्यहाँका नरेश सलमान बिन अब्दुल अजिज अल सउदसमक्ष रियादस्थित शाही प्रासादमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

त्यस अवसरमा साउदी नरेशले नेपाली जनताप्रति शुभेच्छा र राजदूतहरुको सफल कार्यकालको कामना गरेका थीए । रियादस्थित नेपाली दूतावासले प्रकाशित विज्ञप्तिमा जनाएको छ ।