वाम गठबन्धनको घोषणापत्र सहनै गाह्रो : एमाले अध्यक्ष ओली ।

0
283

२१ कात्तिक , काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताएका छन् । गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गरे ।

मुलुकलाई एकताबद्ध बनाएर जानु अहिलेको आवश्यकता भएको बताउँदै उनले घोषणापत्रमा आफूहरुको लक्ष्य र प्रतिबद्धता सही नीति, संकल्प र विचारका साथ अघि सारिएको जनाए । नेता ओलीले दुनियाँले पत्याउनसमेत गाह्रोपर्ने गरी काम गर्दै आएका दुई पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्ने जिकिर गरे  ।